Genesis 30:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दुब्‍ला पशुहरू मिसिंदा उनले ती हाँगाहरू तिनका अघि राख्‍दैनथे। त्‍यसो हुँदा सबै दुर्बल पशुहरू लाबानका बथानमा पर्थे अनि याकूबको बथानमा चाहिँ बलिया र हट्टा-कट्टा पशुहरू पर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर निर्धा बगालहरूका निम्‍तिचाहिँ तिनले ती हाँगाहरू राखिदिँदैनथे। यसकारण निर्धा जत्ति लाबानका भए, र बलिया जत्तिचाहिँ याकूबका भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती बगालहरू कमजोर भएमा तिनले तिनीहरूलाई त्यहाँ राख्दैनथे। यसरी कमजोर पशुहरू लाबानकहाँ र बलियाहरूचाहिँ याकोबकहाँ हुनगए।
Nepali ERV (पवित्र बाइबल)
तर जब कमजोर भेडा बाख्राहरू प्रजनन् क्रीडामा लाग्थे तब याकूबले ती हाँगाहरू तिनीहरूको सामुन्नेमा राख्दैनथ्यो। यसरी कमजोर पशुहरूबाट जन्मेका पाठाहरू लाबानको हुन्थे। स्वास्थ्य पशुहरूबाट जन्मेका पाठाहरू सबै याकूबको हुन्थे।