Genesis 31:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“याकूबले हाम्रा बुबाका सबै थोक लग्‍यो, त्‍योसँग भएका सारा सम्‍पत्ति हाम्रो बुबाको हो।” यसरी लाबानका छोराहरूले भनिरहेका छन् भनी याकूबले सुन‍े।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाबानका छोराहरूले यसो भनिरहेका याकूबले सुने, “हाम्रा बुबाका सबै थोक याकूबले लिइसके, र हाम्रा बुबाकै सम्‍पत्तिबाट तिनले यत्ति धेरै पाएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले लाबानका छोराहरूले यसो भनेका सुने, “याकोबले हाम्रा पिताका सबै थोक हडपेका छन्। हाम्रा पितासँग भएको सम्पत्तिबाट नै उनले यी सबै धन कमाएका हुन्।”
Nepali ERV (पवित्र बाइबल)
एकदिन याकूबले लाबानको छोराहरू कुरा गरिरहेको सुन्यो। तिनीहरूले भने, “हाम्रा बाबुसित भएको सम्पत्तिहरू याकूबले सबै लग्यो। याकूब धनी मानिस भयो। अनि उनले हाम्रा बाबुको सबै सम्पत्तिहरू लग्यो।”