Genesis 31:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बगाल मिसिने बेलामा मैले सपना देखें। सपनामा मिसिने बोकाहरू थोप्‍ले, धर्के र टाटे-पाङ्ग्रे थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बगाल मिसिने बेलामा बगालमाथि चढ्‌ने बोकाहरू पेटारे, थोप्‍ले र छिर्केमिर्के भएका सपनामा मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एक चोटि पशुहरूको प्रजनन्‌को बेला मैले एउटा सपना देखेँ; अनि भेडीबाख्रीहरूसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्लेहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
“पशुहरू जब प्रजनन क्रीडामा थिए मैले एउटा सपना देखें। मैले देखें ती सबै नर पशुहरू जो प्रजनन क्रीडामा लागेका थिए तिनीहरू मात्र थोप्ले र सिंगारे थिए।