Genesis 31:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँबाट परमेश्वरले खोस्नुभएका सबै धन-सम्पत्ति हाम्रा र हाम्रा छोरा-छोरीका हुन्। परमेश्वरले जस्तो आज्ञा गर्नुभएको छ, त्यसै गर्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा बुबाबाट परमेश्वरले लानुभएको सबै सम्पत्ति हाम्रै र हाम्रा छोराछोरीहरूको भएको छ। अब परमेश्वरले तपाईंलाई जे-जसो गर्नू भन्नुभयो त्यसै गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले हाम्रा पिताबाट लैजानुभएको सबै सम्पत्ति हाम्रा र हाम्रा बालबच्चाकै हुन्। यसकारण परमेश्वरले तपाईंलाई जे-जे भन्नुभएको छ, त्यो गर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हाम्रो बाबुबाट सबै सम्पति लिनु भयो अनि अहिले त्यो हाम्रो र हाम्रो नानीहरूको निम्ति भयो। यसर्थ तिमीले त्यही गर्नु पर्छ, जुन परमेश्वरले गर्नु भन्नु हुन्छ।”