Genesis 31:18 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले आफ्ना सबै गाईबस्तुलाई अगि धपाई पद्दन-आराममा रहँदा आफूले प्राप्त गरेका जम्मै सम्पत्ति लिएर आफ्ना पिता इसहाककहाँ कनान देशमा जानलाई तिनी निस्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले पद्दन-अराममा कमाएका सबै धनसम्पत्तिसहित आफ्ना सबै गाईबस्तुहरूलाई आफ्नो अगि लगाएर कनान देशमा भएका आफ्ना पिता इसहाककहाँ जानका लागि निस्के।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले कनान भूमिमा जहाँ उसको बाबु बस्ने गर्दथिए त्यहाँबाट फर्कनको निम्ति यात्रा शुरू गरे। याकूब आफ्ना सबै पशुहरु तिनीहरूको अघि अघि हिंड्यो। पद्दनराममा हुँदा जे जति तिनले हासिल गरेका थिए प्रत्येक चीज उनले लग्यो।