Genesis 31:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घर फर्कन तिमीलाई हतार लागेको म जान्‍दछु तर मेरा घरदेवताहरूचाहिँ किन चोरेर ल्‍यायौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही पनि नभन्‌।’ अब तिम्रा बुबाको घरमा जान तिमीले ज्‍यादै इच्‍छा गरेका हुनाले तिमी हिँड़ेका छौ, तर मेरा देवताहरूचाहिँ किन चोर्‍यौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमी गइहालेका छौ; किनकि तिमीले आफ्ना पिताको घरमा फर्कने इच्छा धेरै दिनदेखि राखेका थियौ। तर तिमीले मेरा घरानाका देवताहरू किन चोर्‍यौ?”
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु तँ तेरो घर जान चाहन्छस र त्यसकै निम्ति तँ हिंडिस्। तर मेरो घरबाट देवताहरू किन चोरिस्?”