Genesis 31:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानले याकूबको पालमा गई खोजी गरे। त्यसपछि उनले लेआ र दुई कमारीहरूका पालमा गई खोजी गरे। तर कहीँ पनि उनले आफ्ना देवताहरू पाएनन्। त्यसपछि उनी राहेलको पालमा पसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब लाबान याकूबको पालभित्र, त्यसपछि लेआको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेनन्। उनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण लाबान याकोबको पालभित्र र लेआको पालभित्र, र दुई सेविकाका पालभित्र गए; तर तिनले ती कहीँ भेट्टाएनन्। त्यसपछि तिनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे।
Nepali ERV (पवित्र बाइबल)
लाबान याकूबको छाउनीभित्र गएर खोज-तलाश गरे। उनले पहिले याकूबको अनि लेआको पालको तलाश गरे। त्यसपछि दुइ कमारी आइमाईहरू बसेका पालको तलाश गरे। तर ती पालहरूमा उनले खोजेका देवताहरू पाइएनन्। त्यसपछि लाबान राहेलको पालमा गए।