Genesis 31:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राहेलले आफ्‍ना बुबालाई भनिन्‌, “हजुर मसित नरिसाउनुहोला। मेरो रजस्वला भएको छ, मैले तपाईंको सामु उभिनुभएन।” त्‍यसरी लाबानले खोजेर पनि आफ्‍ना घर-देवताहरू पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राहेलले आफ्‍ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्‌नु भएन।” यसरी उनले खोज्‍न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि राहेलले आफ्ना पितालाई भनिन्, “मेरा मालिक, मसित नरिसाउनुहोस्; म तपाईंको उपस्थितिमा उभिन सक्दिनँ; किनकि म रजस्वलाको समयमा छु।” यसकारण तिनले धुइँधुइँती खोजे, तर आफ्ना ती घर-देवताहरू भेट्टाएनन्।
Nepali ERV (पवित्र बाइबल)
अनि राहेलले आफ्नो बाबुसित भनिन्, “बुबा मसित नरिसाउनु है, म तपाईंको अघि उभिन असमर्थ छु कारण अहिले मेरो मासिक धर्म चलिरहेको छ।” यसर्थ लाबानले पालमा खोजी गरे तर उनले देवताहरू कही पाएनन्।