Genesis 31:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मेरा सारा सर-सामान जाँच गर्नुभयो, तपाईंको घरको के चीज भेट्टाउनुभयो? यहाँ हाम्रा, तपाईंका र मेरा मानिसहरूका अघि त्‍यो चीज राख्‍नुहोस् र हामीमध्‍ये को निर्दोष छ, तिनीहरूले फैसला गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो अपराध के छ र तपाईंले मलाई यसरी लखेट्‌नुभयो? अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो। तपाईंका घरेलु मालहरूमध्‍ये के भेट्टाउनुभयो खै? ती तपाईंका र मेरा कुटुम्‍बहरूका अगाड़ि राखिदिनुहोस्‌। यिनीहरूले हामी दुईका बीचमा इन्‍साफ गरिदिनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मेरा सबै सामानहरूमा खानतलासी गर्नुभयो, तर तपाईंको घरानाको कुन सामानचाहिँ भेट्टाउनुभयो त? तपाईं र मेरा आफन्तहरूको सामु ती कुराहरू राख्नुहोस्, र तिनीहरूले नै हामी दुईका बीचमा निर्णय गरिदेऊन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो माल समान जे जति छ, सब तलाश गर्यौ तर कहीं केही पाएनौ, जो तिम्रो हो। यदि तिमीले केही पायौ भने तब मलाई देखाऊ।’ यहाँ राख मेरा मानिसहरूले देख्न सकून। मेरा मानिसहरूले निर्णय लिन सकून् हामी माझ को सही छ।