Genesis 31:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बीस वर्षदेखि म तपाईंसित बसेको छु। तपाईंका भेडा-बाख्राहरूले बच्‍चा ब्‍याउन छोडेनन्, तपाईंका बथानबाट मैले कुनै पनि भेडा-बाख्रा खाइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी बीस वर्षदेखि म तपाईंसँग छु। त्‍यतिञ्‍जेल तपाईंका भेड़ीहरू र बाख्रीहरूका गर्भ कहिल्‍यै तुहेनन्‌। मैले तपाईंका बगालका भेड़ाहरू खाइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यी बीस वर्षदेखि म तपाईंसितै रहेँ। तपाईंका भेडा र बाख्राहरू कहिल्यै तुहिएनन्, न त मैले तपाईंका बगालका भेडाहरू नै खाएँ।
Nepali ERV (पवित्र बाइबल)
मैले बीस वर्ष तिम्रो सेवा गरें। मेरो सेवाकालमा तिम्रो कुनै पनि भेडी र अरू बाख्रीको गर्भपात भएन। अनि मैले तपाईंका भेडोहरूबाट कुनैलाई खाइनँ।