Genesis 31:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जङ्गली जनावरले भेडा मारिदिँदा पनि त्‍यो हानि मैले नै खप्‍ने गरें। मेरो केही दोष थिएन र पनि मैले कहिल्‍यै ती हानि तपाईंलाई देखाइनँ। दिउँसो होस् वा राती पशुहरू चोरी भएकोमा पनि तपाईंले मबाट लिनुहुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जङ्गली जनावरहरूले फहराएकाहरूलाई पनि तपाईंकहाँ मैले ल्‍याउँदिनथें। बरु क्षतिपूर्ति मैले गर्थें। दिनमा होस्‌ वा रातमा होस्‌ चोरी भएकाहरूको मोल पनि तपाईंले मबाटै लिनुहुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जङ्गली जनावरहरूले लुछेर मारिएका पशुहरू मैले तपाईंकहाँ ल्याइनँ; बरु मैले नै त्यसको क्षतीपूर्ति बेहोरेँ। अनि कुनै पशु दिउँसो वा राति चोरिएको होस्, तपाईंले मबाट नै त्यसको क्षतीपूर्ति तिराउनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
जहिले पनि जंङ्गली जनावरले कुनै भेडा अनि बाख्रा खाए, त्यो जंङ्गली जनावारले मारेको भेडा अथवा बाख्रको अवशेष मात्रै तिमीकहाँ कहिल्यै ल्याईन। म सँधै तिमीले मलाई मागेको पूरा दाम तिरें। म दिन रात लुटिएको थिएँ।