Genesis 31:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंसित बसेका बीस वर्ष यसरी नै बिते। तपाईंका दुई छोरीहरूका निम्‍ति मैले चौध वर्ष चाकरी गरें, त्‍यसपछि ६ वर्षसम्‍म मैले तपाईंका भेडा-बाख्राहरू चराएँ। तर पनि तपाईंले दशचोटि मेरो ज्‍याला बदल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी बीस वर्ष म यसरी तपाईंको घरमा रहें। तपाईंका दुई छोरीहरूका निम्‍ति मैले चौध वर्ष सेवा गरें, र छ वर्षसम्‍म तपाईंका बगालको हेरचाह गरें। र तपाईंले मेरो ज्‍याला दश चोटि बदल्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी नै मैले तपाईंको घरानामा बीस वर्ष बिताएँ। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष तपाईंको सेवा गरेँ; अनि छ वर्ष तपाईंका भेडाबाख्राहरू चराएँ, तर तपाईंले मेरो ज्याला दश-दश पल्ट बदल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
बीस वर्षसम्म कमारा झैं तिम्रो सेवा गरें। पहिलो चौध वर्ष तिम्री दुइवटी छोरीहरूको निम्ति अनि पछिको छ वर्ष तिम्रो वस्तुहरू पाउनको निम्ति खटें। अनि त्यस समयमा तिमीले मेरो ज्याला दश पल्ट हेरफेर गर्यौ।