Genesis 31:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा बुबाका परमेश्वर अब्राहाम र इसहाकका परमेश्वर मसँग नहुनुभएको भए तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथ्यो। तर परमेश्वरले मेरो कष्ट र काम देख्नुभयो र हिजो राती उहाँले आफ्नो निसाफ दिनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा बुबाका परमेश्वर, जो अब्राहामका परमेश्वर, जो इसहाकको “भय” हुनुहुन्छ, यदि उहाँ मसँग नहुनुभए निश्चय नै अहिले तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथियो। तर परमेश्वरले मेरो कष्ट र मेरो हातको मेहनत देख्नुभयो, र तपाईंलाई गत रात हप्काउनुभएको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पिताका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकको ‘भय’ मसित नहुनुभएको भए, तपाईंले मलाई निश्चय नै रित्तो हात पठाउनुहुनेथियो। तर परमेश्वरले मेरो कष्ट र मैले गरेको परिश्रम देख्नुभएको छ, त्यसैले हिजो राति उहाँले तपाईंलाई हप्काउनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”