Genesis 31:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानले याकूबलाई उत्तर दिए, “यी केटीहरू मेरा छोरीहरू हुन्, यिनका छोरा-छोरीहरू मेरा नाति-नातिनाहरू हुन्। यी भेडा-बाख्राहरूका बथान मेरा हुन्। खासै यहाँ जति कुरा देखिंदै छ, ती मेरै हुन्। तर मेरा छोरीहरू र तिनका छोरा-छोरीहरू रोक्‍ने काम म गर्दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाबानले जवाफमा याकूबलाई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्‌। यी छोराछोरी पनि मेरै छोराछोरी हुन्‌। यी बगालहरू मेरै बगालहरू हुन्, र तिमी यहाँ जो देख्‍छौ सबै मेरै हुन्‌। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्‍माएका छोराछोरीहरूलाई म के गर्न सक्‍छु र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि लाबानले याकोबलाई जवाफ दिए, “यी स्त्रीहरू मेरा छोरीहरू हुन्, यिनका छोराछोरीहरू मेरा नातिनातिनाहरू हुन्; अनि यी बगालहरू पनि मेरा बगाल हुन्। तिमीले देखेका यी सबै थोक मेरै हुन्। तर पनि आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका यी छोराछोरीहरूलाई म के गर्न सक्छु र?
Nepali ERV (पवित्र बाइबल)
लाबानले याकूबलाई भने, “यी स्त्रीहरू मेरी छोरीहरू हुन्। यी नानीहरू मेरा हुन्। अनि यी पशुहरू सब मेरा हुन्। यहाँ तिमी जे पनि देख्छौ सबै मेरो हुन्। तर म मेरी छोरीहरू र नानीहरूको विषयमा केही गर्न सक्तिनँ।