Genesis 31:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई भने, “तिम्रा बुबाले अघिजस्तो मसित असल व्यवहार नगरेको म देख्दै छु। तर मेरा बुबाका परमेश्वर मसँग हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई भने, “तिमीहरूका बुबाको मप्रतिको भावना पहिलेजस्तै नभएको म देख्दैछु। तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उनीहरूलाई भने, “मैले तिमीहरूका पिताको म प्रतिको व्यवहार पहिलेझैँ नभएको देख्छु; तर मेरा पिताका परमेश्वर मेरो साथमा रहनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
राहेल र लेआलाई याकूबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित संधै पहिले जस्तो राम्रो कुरा गर्दैनन्।