Genesis 31:50 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानले भन्‍दै गए, “तिमीले मेरा छोरीहरूसँग नराम्रो व्‍यवहार गर्‍यौ भने या त अरू स्‍वास्‍नीहरू ल्‍यायौ भने मैले ती कुरा चाल नपाए पनि यो याद राख कि परमेश्‍वरले हामीलाई हेरिरहनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले मेरा छोराछोरीहरूलाई अनर्थ गर्‍यौ भने अथवा मेरा छोरीहरूबाहेक अरू पत्‍नीहरू ल्‍यायौ भने, हामीसँग कोही मानिस नभए तापनि याद गर, तिम्रो र मेरो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीले मेरा छोरीहरूप्रति दुर्व्यवहार गर्‍यौ, अथवा मेरा छोरीहरूबाहेक तिमीले अरू पत्नीहरू ल्यायौ भने हामीसँग कोही नभए तापनि तिम्रो र मेरो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्छ” भन्‍ने कुरा याद राख।
Nepali ERV (पवित्र बाइबल)
त्यपछि लाबानले भने, “यदि मेरी छोरीहरूलाई कतै चोट पार्यौ भने, याद राख, परमेश्वरले तिमीलाई सजाय दिनु हुनेछ। यदि तिमीले अर्की आइमाई विवाह गरे, याद राख परमेश्वरले हेरि रहनु भएको छ।