Genesis 31:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो ढुङ्गाको थुप्रो र यो स्‍मारक ढुङ्गा दुवैले हामीलाई याद दिलाउनेछन्। यो ढुङ्गाको रास नाघेर कहिल्‍यै म तिमीमाथि जाइलाग्‍नेछैन अनि तिमी पनि यो वा त्‍यो स्‍मारक ढुङ्गा नाघेर ममाथि आइनलाग्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो थुप्रो र यो खामो साक्षी रहून्‌ कि यो थुप्रो नाघेर म तिमीकहाँ हानि गर्न पारि आउनेछैनँ, अनि यो थुप्रो र खामो नाघेर तिमी पनि मकहाँ हानि गर्नलाई वारि नआऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो थुप्रो र यो खाँबो एउटा साक्षी हुनेछ, ताकि म यस थुप्रोलाई पार गरेर तिमीलाई हानि गर्न जानेछैनँ; अनि तिमी पनि यस थुप्रो र खाँबोलाई पार गरेर मलाई हानि गर्न मेरो ठाउँतिर आउनेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
ढुङ्गाहरूको थुप्रो र विशेष ढुङ्गाहरूले हामीलाई आफ्नो संन्धि सम्झना गराउन सहायता पुर्याउँछ। तिमीसित लड्न यस ढुङ्गाको पल्लो पटि म कहिल्यै जाने छैन र त्यसरी नै मसित लड्नु तिमी कहिल्यै यो ढुङ्गाबाट यता अघि आउने छैनौं।