Genesis 31:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले एउटा पशु मारेर पहाडमा बलि चढाए र आफ्‍ना मानिसहरूलाई भोजमा निम्‍त्‍याए। भोज गरिसकेर सबैले रात त्‍यहीँ पहाडमै बिताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले त्‍यस पहाड़ी देशमा बलिदान चढ़ाए, र आफ्‍ना कुटुम्‍बहरूलाई खानपान दिए। तिनीहरू खानपान गरेर त्‍यो रात त्‍यही ठाउँमा बिताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले त्यस पहाडी मुलुकमा एउटा बलिदान चढाए, र आफ्ना नातेदारहरूलाई खानपिन गर्न बोलाए। तिनीहरूले खानपिन गरिसकेपछि त्यहीँ रात बिताए।
Nepali ERV (पवित्र बाइबल)
त्यपछि याकूबले एउटा पशु मार्यो र पहाडमा बलिदान स्वरूपमा चढायो अनि उनले आफ्नो पुरूष मानिसहरूलाई भोजमा भाग लिन निम्तो दियो। खाना शेष भएपछि तिनीहरूले त्यस रात त्यही पर्वतमा बिताए।