Genesis 32:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बिन्ती गर्दछु, मेरो दाजु एसावदेखि मलाई बचाउनुहोस्। म डराएको छु। एसावले आएर हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई आइमाई, छोरा-छोरीहरूसमेत नाश गर्नेछन् भनी मलाई डर लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बिन्ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्मैलाई आक्रमण गर्लान्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म बिन्ती गर्छु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्; किनकि तिनी आएर यी आमाहरूलाई र तिनीहरूका छोराछोरीलाई आक्रमण गर्लान् भन्ने मलाई डर लागेको छ।
Nepali ERV (पवित्र बाइबल)
म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ।