Genesis 32:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[13-15] त्यो रात याकूबले त्यहीँ काटे। त्यसपछि उनले एसावका लागि सौगात यस प्रकार अलग गरे। दुई सय बाख्री, बीसवटा बोका, दुई सय भेडी, बीसवटा भेडा, तीस वटा दुहुना ऊँट र तिनका बच्चा, चालीस वटा गाई र दश वटा साँढे, बीसवटा गधैनी र दश वटा गधाहरू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी त्यस रात त्यहीँ वास बसे, र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसावको निम्ति सौगात छुट्ट्याए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए:
Nepali ERV (पवित्र बाइबल)
अनि याकूबले त्यो रात त्यही बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो।