Genesis 32:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूका अलग-अलग बथान बनाए र एक-एक वटा चाकरलाई बथान-बथानको जिम्‍मा दिए। उनले तिनीहरूलाई भने, “बथानको बीच-बीचमा खाली ठाउँ छोडेर राख। बथानहरू लिएर मेरा अघि-अघि तिमीहरू जाओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबैका लागि तिनले बथान गरी आफ्‍ना कमारीहरूलाई जिम्‍मा लगाए, र तिनीहरूलाई भने, “मभन्‍दा अगिअगि जाओ, र बथान-बथानका बीचमा केही खाली ठाउँ राख।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले ती आ-आफ्नै बथानको हिसाबले आफ्ना सेवकहरूका जिम्मामा सुम्पिदिए, र आफ्ना सेवकहरूलाई भने, “मेरो अगि-अगि जाओ, र ती बथानहरूको बीचमा केही दूरी राख।”
Nepali ERV (पवित्र बाइबल)
याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्‌याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।”