Genesis 32:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले सबैभन्दा अघिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अघि-अघि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सबैभन्दा अगिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अगिअगि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले पहिलो बथान लिएर जानेलाई निर्देशन दिँदै भने: “जब मेरा दाजु एसावले तिमीलाई भेटेर ‘तँ कसको मानिस होस्? अनि कहाँ जाँदैछस्? र तेरो अगि-अगि लागेका यी पशुहरूका मालिक को हुन्?’ भनी सोधे भने,
Nepali ERV (पवित्र बाइबल)
याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’