Genesis 33:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एसाव, आफ्‍ना चार सय मानिसहरूसँग आउँदै गरेका याकूबले देखे। उनले आफ्‍ना छोरा-छोरीहरूलाई लेआ, राहेल र दुई दासीहरूका बीचमा बाँडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले आफ्‍ना आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा चार सय मानिसहरू आइरहेका देखे। तिनले आफ्‍ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई कमारीहरूको जिम्‍मामा विभक्त गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले आँखा उठाएर हेर्दा एसावलाई चार सय मानिसहरूसित आइरहेका देखे; अनि तिनले छोराछोरीहरूलाई लेआ, राहेल र दुई सेविकाहरूका बीचमा विभाजन गरे।
Nepali ERV (पवित्र बाइबल)
याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसंग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्‌यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा।