Genesis 33:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले भने, “होइन, तपाईंको दया ममाथि छ भने मेरा यी सौगात ग्रहण गरिदिनुहोस्। तपाईंले ममाथि यति ठूलो निगाह राख्‍नुभयो। यसरी तपाईंको दर्शन पाउँदा मलाई त परमेश्‍वरको दर्शन पाएझैँ भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले भने, “होइन, तपाईंको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्‌। किनभने यति ठूलो निगाह देखाएर तपाईंले मलाई स्‍वागत गर्नुभयो कि साँच्‍ची नै तपाईंको दर्शन पाउँदा मलाई त परमेश्‍वरकै दर्शन पाएझैँ लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले भने, “होइन, यदि मैले तपाईंको दृष्‍टिमा निगाह प्राप्‍त गरेको छु भने कृपया मबाट यो उपहार ग्रहण गर्नुहोस्; किनभने तपाईंले ममाथि यति ठूलो निगाह देखाएर स्वीकार गर्नुभएकोले, तपाईंको दर्शन पाउँदा परमेश्‍वरको दर्शन पाएझैँ भयो।
Nepali ERV (पवित्र बाइबल)
याकूबले भने, “होइन, म तिमीलाई बिन्ती गर्छु, यदि तिमीले मलाई स्वीकार गर्छौ भने यो मेरो उपहार पनि दया गरी स्वीकार र्गन्‌ पर्छ। तिमीलाई दोस्रो पल्ट देख्न पाउँदा म अत्यन्तै आनन्दित छु। मलाई परमेश्वरले अनुग्रहले मिलाए जस्तै लागेको छ। म अन्यन्तै खुशी छु तिमीले मलाई स्वीकार्यौ।