Genesis 33:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कृपा गरी, मैले तपाईंलाई ल्याएका यी सौगात ग्रहण गरिदिनुहोस्। परमेश्वरले ममाथि दया गर्नुभएको छ र मलाई चाहिने हरेक थोक दिनुभएको छ।” यसरी याकूबले बिन्ती गरिरहे र एसावले ती स्वीकार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब बिन्ती छ, तपाईंलाई नै भनेर ल्याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्तै छ।” यसरी याकूबले जिद्दी गरे, र एसावले ती लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंकहाँ ल्याइएको मेरो उपहार ग्रहण गर्नुहोस्; किनकि परमेश्वरको अनुग्रहको कारणले मलाई चाहिएका सबै कुरा छन्।” अनि याकोबले कर गरेको कारण एसावले त्यो ग्रहण गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।