Genesis 33:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं अघि-अघि जानुहोस् र म बिस्तारै पछि-पछि आउनेछु। गाई-वस्तु र बालबच्चासित म जतिसक्दो चाँडो हिँड्नेछु र तपाईंलाई सेइरमा भेट्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म हजूरलाई बिन्ती गर्दछु, कि तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मभन्दा अगाड़ि गएका गाईबस्तुहरू र यी बालबच्चाहरूको चालअनुसार हजूरकहाँ सेइरमा नआइपुगुञ्जेल बिस्तार हिँड़ेर आउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मेरा मालिककहाँ सेइरमा नपुगुन्जेल अगाडि भएका बथानहरू, बगालहरू र बालबच्चाहरूको चालमा बिस्तारै हिँडेर आउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीअघि जाऊ र म बिस्तारै-बिस्तारै तिम्रोपछि आउँछु। म पशुहरू अनि तिनीहरूका बच्चाहरू बचाऊँको लागि बिस्तारैसित आउँछु, अनि म अत्यन्तै बिस्तार आउँछु कारण मेरा नानीहरू धेरै नथाकून् म तिमीलाई सेइरमा भेट्नेछु।”