Genesis 34:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूलाई के सौगात टक्र्याऊँ, भन्‍नुहोस्। बेहुलीको मोल जति चाहनुहुन्‍छ, उति राख्‍नुहोस्। जे भन्‍नुहुन्‍छ, त्‍यही म दिनेछु। खालि, तपाईंकी छोरीसित मलाई विवाह गर्न दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाइजो र विवाहको उपहार जत्तिसुकै भन्‍नुहुन्‍छ माग्‍नुहोस्, र तपाईंहरूले भन्‍नुभएबमोजिम म दिनेछु। केवल त्‍यो कन्‍यासँग मलाई विवाह गर्न दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले दुलही र तपाईंहरूकहाँ ल्याउनुपर्ने उपहार जतिसुकै ठूलो भए तापनि मूल्य तोक्नुहोस्। तपाईंहरूले जति माग्नुहुन्छ, सो म तिर्नेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”