Genesis 34:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शकेमले आफ्‍नी बहिनी दीनाको बेइज्‍जती गरेको हुनाले याकूबका छोराहरूले त्‍यसलाई र त्‍यसका बुबा हमोरलाई कपट गरेर उत्तर दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शकेमले तिनीहरूकी बहिनी दीनालाई बिगारेका हुनाले याकूबका छोराहरूले शकेम र हमोरसँग कपट राखेर जवाफ दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नी बहिनी दीना अशुद्ध पारिएकोले शेकेम र तिनका पिता हामोरसित कुरा गर्दा याकोबका छोराहरूले छलपूर्ण जवाफ दिए।
Nepali ERV (पवित्र बाइबल)
शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झुटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो।