Genesis 34:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यिनीहरूले खतना गरेका छन्। हाम्रा पनि प्रत्‍येक पुरुष खतना गर्न हामी राजी भयौं भने मात्र यिनीहरू हामीसित बस्‍न र एउटै जाति हुन राजी हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा र तिनीहरूका बीचमा बिहाबारी पनि चलोस्‌। तिनीहरू हामीसित बसोबास गरेर एउटै जाति बन्‍न यही शर्तमा मन्‍जूर गर्छन्‌ कि तिनीहरूको खतना भएझैँ हामीहरूको हरेक पुरुषको खतना हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शर्त यो छ, कि हामीले पनि ती मानिसहरूले जस्तै हाम्रा पुरुषहरूका खतना गर्‍यौँ भने मात्र हामीसित एकै जाति भएर बस्‍न मन्जुर हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इस्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ।