Genesis 34:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन दिनपछि खतनाले गर्दा पीडा पाइरहेका बेलामा याकूबका दुई छोराहरू शिमियोन र लेवी दीनाका दाजुहरू सहरमा तरवार लिएर आए र कसैले केही थाहा नपाई,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो दिन जब उनीहरू साह्रै पीडित अवस्‍थामा थिए, तब याकूबका दुई छोराहरू, दीनाका दाजुहरू शिमियोन र लेवी आ-आफ्‍नो तरवार लिएर गुप्‍त रूपले सहरमा पसे, र सबै पुरुषहरूलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन दिन बितेपछि तिनीहरूलाई कष्‍ट भइरहेकै बेला, याकोबका दुई छोराहरू, शिमियोन र लेवी—दीनाका दाजुहरूले आ-आफ्नो तरवार लिएर कसैले थाहै नपाई सहरमा पसेर आक्रमण गरे, र सबै पुरुषहरूलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए।