Genesis 34:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नी छोरीको बेइज्जती भएको कुरा याकूबले चाल पाए तर त्यसका छोराहरूचाहिँ गाई-गोरु चराउन बन गएका हुनाले तिनीहरू फर्की नआऊञ्जेल उनले केही गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शकेमले आफ्नी छोरी दीनालाई बिगारेको कुरा याकूबले सुने। तर तिनका छोराहरू चरनमा गाईबस्तुसँग गएका हुनाले तिनीहरू नफर्कुञ्जेल तिनी चूपै लागिबसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याकोबले आफ्नी छोरी दीनालाई अशुद्ध बनाएको थाहा पाए, त्यस बेला तिनका छोराहरू तिनका गाईबस्तुसित खेतमा थिए; यसकारण तिनीहरू घर नआउन्जेल तिनी चुपचाप रहे।
Nepali ERV (पवित्र बाइबल)
याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्।