Genesis 34:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका छोराहरू बनबाट आइरहेका थिए। त्यो कुरा सुनेर तिनीहरू झसङ्ग भए र शकेमले त्यस्तो काम गरेकोले औधी रिसाए। याकूबकी छोरीमाथि बलात्कार गरेर त्यसले सारा इस्राएलको बेइज्जती गरेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भएका घटनाहरू सुनेर याकूबका छोराहरू चरनबाट आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए, किनभने याकूबकी छोरीलाई बिगारेर शकेमले इस्राएलको बेइज्जत गरिदिएका थिए। यस्तो काम गर्नु उचित थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब जे भएको थियो, त्यो सुन्नेबित्तिकै याकोबका छोराहरू खेतबाट घरमा आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए; किनभने शेकेमले याकोबकी छोरीलाई अशुद्ध बनाएर इस्राएलको बेइज्जत गरेका थिए। यस्तो शर्मलाग्दो काम गर्नु कदापि उचित थिएन।
Nepali ERV (पवित्र बाइबल)
जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।