Genesis 35:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमेश्वरले उनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। तेरा धेरै सन्तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। फल्दै-फुल्दैजा, र संख्यामा तेरो वृद्धि होस्। एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन्, र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ; फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू। तँबाट एउटा राष्ट्र र जाति-जातिहरूको एउटा समुदाय निस्कनेछ; र तेरा सन्तानहरूका बीचबाट राजाहरू निस्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उसलाई भन्नु भयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्।