Genesis 35:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूब आफ्‍ना जहान, बालबच्‍चा लिएर बेथेलबाट हिँडे। तिनीहरू एप्रात पुग्‍न बाँकी नै थियो। राहेलले छोरा-छोरी जन्‍माउने समय भयो तर उसलाई ज्‍यादै पीडा भैरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू फेरि बेथेलबाट हिँड़ेर एप्रात पुग्‍न अझ केही बाँकी छँदै राहेललाई सुत्‍केरी बेथा लाग्‍यो, र तिनलाई ज्‍यादै पीडा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तिनीहरू एप्रातदेखि टाढा छँदै राहेललाई सुत्केरी व्यथा लागेर ज्यादै पीडा भयो।
Nepali ERV (पवित्र बाइबल)
याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली।