Genesis 35:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी यो ठाउँ छोडी बेथेलमा जान्‍छौं। त्‍यहाँ म परमेश्‍वरको निम्‍ति एउटा वेदी बनाउनेछु। जुन परमेश्‍वरले कष्‍टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्‍यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्‍नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी म बनाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्‍वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौ, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौ। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”