Genesis 35:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यस ठाउँको नाम एल-बेथेल परमेश्‍वरको नामअनुसार राखे किनभने त्‍यस ठाउँमा आफू दाजुदेखि भागेर गएको बेलामा परमेश्‍वरले उनलाई दर्शन दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ तिनले एउटा वेदी बनाए। त्‍यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्‍वरले आफैलाई त्‍यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्‍वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।