Genesis 36:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-13] एसावकी स्वास्नी आदाले उनको एउटा छोरा एलीपजलाई जन्माइन्। एलीपजका पाँच छोराहरू तेमान, ओमार, सपो, गाताम र कनज भए। उनकी अर्की स्वास्नी तीम्न उनको अर्को एउटा छोरा अमालेकलाई जन्माइन्। एसावकी स्वास्नी बासमतले उनको एउटा छोरा रूएललाई जन्माइन्। रूएलका चार छोराहरू नहत, जेरह, शम्मा र मिज्जा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावका छोराहरूका नाउँ यी नै हुन्: एसावकी पत्नी आदाका छोरा एलीपज, र एसावकी पत्नी बासमतका छोरा रूएल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसावका छोराहरूका नाम यिनै हुन्: एसावकी पत्नी आदाका छोरा एलीपज र एसावकी पत्नी बासमतका छोरा रूएल।
Nepali ERV (पवित्र बाइबल)
एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।