Genesis 36:6 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि एसाव आफ्ना स्वास्नीहरू र छोरा-छोरीहरू, घरका सबै पुरुषहरू र स्त्रीहरू र गाई-वस्तुहरू अनि कनान देशमा कमाएका सारा धन-सम्पत्तिसाथ लिएर हिँडे र आफ्नो भाइ याकूबदेखि टाढा अर्कै देशमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना पत्नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्तुहरू, र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर एसाव आफ्नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए।