Genesis 37:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस मानिसले भन्यो, “तिनीहरू यहाँबाट अघि नै गइसके। तिनीहरूले हामी दोतानतिर जाऔं भनेको कुरा मैले सुनें।” योसेफ दाजुहरूलाई खोज्दै गए र तिनीहरूलाई दोतानमा भेटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस मानिसले भन्यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।” यसैले आफ्ना दाजुहरूलाई खोज्दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसले जवाफ दिए, “उनीहरू यहाँबाट गइसके। उनीहरूले हामी ‘दोतानमा जाऊँ’ भन्दै गरेका मैले सुनेको थिएँ।” यसकारण योसेफ आफ्ना दाजुहरूलाई खोज्दै गए, र उनीहरूलाई दोतानको नजिक भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले भने, “तिनीहरू गईसके। तिनीहरू दोतान जाँदै गरेको कुरा मैले सुने।” यसर्थ यूसुफ उनीहरू गए तिरै गए अनि तिनीहरूलाई दोतानमा भेट्टायो।