Genesis 37:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाऔं, त्‍यसलाई मारेर त्‍यसको लाश एउटा सुख्‍खा इनारमा फालिदिऔं। जङ्गली जनावरले त्‍यसलाई मारेछ भनी हामी भन्‍न सक्‍छौं र त्‍यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे’ भनी हामी भनौं, र त्‍यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब आओ, हामी त्यसलाई मारेर एउटा खाडलमा फ्याँकिदिऔँ; अनि एउटा डरलाग्दो जनावरले त्यसलाई खाएछ भनेर भनिदिऔँ। तब त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौँला।”
Nepali ERV (पवित्र बाइबल)
यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जंङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।”