Genesis 37:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनीहरू खान बसे। अचानक तिनीहरूले एक हुल इश्‍माएलीहरूलाई गिलादबाट मिश्रमा गइरहेका देखे। तिनीहरूले आफ्‍ना ऊँटहरूमा मर-मसला र सुगन्‍धित धूप इत्‍यादिका भारी लादेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्‍तिर हेरे र मिश्रतिर सुगन्‍धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्‍माएली यात्री दललाई देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उनीहरू खान बसे, तब उनीहरूले आँखा उठाएर हेरे; अनि गिलादबाट इश्माएलीहरूका एक दल आइरहेका देखे। तिनीहरूले ऊँटहरूमाथि मसलाहरू, सुगन्धित लेप र मूर्र लादेर र इजिप्टमा लाँदैथिए।
Nepali ERV (पवित्र बाइबल)
जब यूसुफ कूवाभित्र थियो उसका दाज्यू-भाइहरू खान बसे। तिनीहरूले हेरे अनि एक हुल व्यापारीहरू गिलाददेखि मिश्रतिर यात्रा गर्दै गरेको देखे। तिनीहरूले ऊँटहरूमाथि धेरै प्रकारका मसला र धन-दौलत लाँदै थिए।