Genesis 37:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरु त्यसलाई यी इश्माएलीहरूका हातमा बेचिदिऔं। त्यसो भए त्यसलाई चोट पनि लाउनुपर्दैन। आखिरी त्यो हाम्रो भाइ, हाम्रो रगत र मासु हो।” दाजुभाइहरूले उनका कुरा माने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आओ, अब त्यसलाई इश्माएलीहरूका हातमा बेचिदिऔं। हामी त्यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्यो हाम्रै भाइ, हाम्रै जीउजस्तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बरु हामी यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ, र यसमाथि हातचाहिँ नहालौँ; आखिर जे भए तापनि यो हाम्रै भाइ, हाम्रै मासु र रगत हो।” अनि उनका दाजुभाइहरू सहमत भए।
Nepali ERV (पवित्र बाइबल)
बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए।