Genesis 37:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही मिद्यानी व्‍यापारीहरू त्‍यहाँ पुग्‍दा दाजुहरूले योसेफलाई त्‍यस इनारबाट तानी निकाले र बीसवटा चाँदीका टुक्रा लिएर इश्‍माएलीहरूका हातमा बेचिदिए। इश्‍माएलीहरूले उनलाई मिश्रमा लिएर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जब मिद्यानी व्‍यापारीहरू त्‍यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्‍डोबाट तानी निकालेर ती इश्‍माएलीहरूका हातमा चाँदीका बीस सिक्‍कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जब ती मिद्यानी व्यापारीहरू नजिक आइपुगे; तिनका दाजुहरूले योसेफलाई खाडलबाट तानेर माथि निकाले, र तिनलाई चाँदीका बीस शेकेलमा इश्माएलीहरूलाई बेचिदिए; जसले तिनलाई इजिप्टमा लगे।
Nepali ERV (पवित्र बाइबल)
जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।