Genesis 37:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले लबेदा चिनेर भने, “हो, यो त्यसैको हो। कुन जङ्गली जनावरले त्यसलाई मारेछ। मेरो छोरा योसेफलाई च्यात्तचुत्त पारेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलले त्यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्यसलाई खाएछ क्यारे! निस्सन्देह योसेफलाई धुजाधुजा पार्यो होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यो चिनेर भने, “यो त मेरै छोराको लबेदा हो! कुनै डरलाग्दो जङ्गली पशुले योसेफलाई खाएछ क्यारे। पक्कै पनि त्यसलाई खाएर च्यात्तचुत्त पारेछ!”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका बुबाले कोट देखे अनि बुझे, कि यो यूसुफको कोट थियो, तिनीहरूका बुबाले भने, “हो, यो उसको कोट हो। जंङ्गली जनावरले मेरो छोरा यूसुफलाई मारेर खाएको हुनुपर्छ।”