Genesis 37:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही बीचमा मिश्रमा पुगेर ती मिद्यानीहरूले योसेफलाई पोतीफरको हातमा बेचिदिए। पोतीफर मिश्रमा राजाको एक जना अधिकृत थिए। तिनी राजमहलको पहरेदारहरूका कप्तान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही बीचमा ती मिद्यानीहरूले योसेफलाई इजिप्टमा फारोका अधिकारीहरूमध्ये एक जना अङ्गरक्षकका सेनापति पोतिफरलाई बेचिदिए।
Nepali ERV (पवित्र बाइबल)
ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे।