Genesis 38:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनपछि यहूदाकी स्‍वास्‍नीको मृत्‍यु भयो। शोकको समय काटिएपछि उनी आफ्‍ना साथी अदुल्‍लामबासी हीरालाई साथमा लिई तिम्‍नामा गए, जहाँ उनको भेडाको ऊन कत्रने काम हुँदै थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहँदा-बस्‍दा एक दिन शूआकी छोरी यहूदाकी पत्‍नी मरिन्‌। शोक गर्ने समय बितिसकेपछि यहूदा उनका मित्र अदुल्‍लामवासी हीरालाई साथमा लिएर तिम्‍नामा उनका भेड़ा कत्रनेहरूकहाँ गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै समयपछि शूआकी छोरी, यहूदाकी पत्नी मरिन्। जब यहूदा आफ्नो शोकबाट उत्रिए, तब उनी आफ्ना मित्र अदुल्‍लामबासी हीरासँग तिम्नामा मानिसहरूले उनका भेडाहरूको ऊन कत्रने ठाउँमा गए।
Nepali ERV (पवित्र बाइबल)
पछि शूआकी छोरी यहूदाकी पत्नी मरी। यहूदाको शोक समय बितेपछि, त्यो अद्‌दुलामबाट आफ्नो साथी हीरासित तिम्ना गए। भेडाबाट काटिएको ऊन लिन यहुदा तिम्ना गए।