Genesis 38:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण त्यसले विधवाको लुगा खोली, चेहरामा घुम्टो हाली र गएर एनैम सहरको ढोकामा बसी। एनैम सहर तिम्ना जाने बाटोमा पर्थ्यो। यहूदाको कान्छो छोरा शेलह अब ठूलो भइसकेको छ र पनि मेरो ऊसित विवाह हुन दिइएको छैन भनी तामारलाई राम्ररी थाहा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विधवाको लुगा फुकाली घुम्टो हालेर भेष परिवर्तन गरी तिम्नाको बाटोमा भएको एनैम सहरको ढोकामा बसिन्। किनकि शेलह ठूलो भइसकेर पनि त्यसकी पत्नी हुन नपाएकी तिनले देखिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्नो विधवाको पोशाक फुकालिन्, र आफूलाई नचिन्ने बनाउनको लागि आफूलाई घुम्टोले छोपिन्, र तिम्ना जाने बाटोमा भएको एनैमको प्रवेशद्वारमा बसिन्; किनकि शेलह ठूलो भइसकेपछि पनि त्यसकी पत्नी हुन नदिइएको तिनले देखिन्।
Nepali ERV (पवित्र बाइबल)
तामारले संधै विधवाले लगाउने लुगा लाउने गर्द थिइ। यसर्थ उनले भिन्दै केही लुगा लगाई अनि आफ्नो अनुहार पर्दाले छोपी। त्यसपछि तिम्ना शहरको नजिक एनैम जाने बाटोको मुन्तिर बसी। तामारले थाहा पाई यहूदाको छोरो शेलह अब ठूलो भइसकेको छ। तर यहूदाले ऊसित विवाह गर्ने कुनै योजना बनाउने छैन।