Genesis 38:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “म मेरो बगालको एउटा बाख्राको पाठो पठाइदिउँला।” त्यसले भनी, “ठीक छ। तर पाठो नपठाउञ्जेल मसित केही कुरा बन्धकी राख्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले जवाफ दिए, “बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु।” तिनले भनिन्, “तपाईंले त्यो नपठाउञ्जेल मसँग केही चीज बन्धकी राख्नुहुन्छ कि?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले भने, “म मेरा भेडाका बथानबाट तिमीलाई एउटा पाठो पठाइदिनेछु।” तिनले सोधिन्, “तपाईंले त्यो नपठाउन्जेल मलाई बन्धकको रूपमा केही कुरा दिनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
यहूदाले उत्तर दियो, “म मेरो भेडाको हुलबाट एउटा भेडा पठाइ दिनेछु।” उनले उत्तर दिई, “यसमा म राजी छु। तर तिमीले मलाई भेडा नपठाउञ्जेलसम्म राख्नलाई केही दिनु पर्छ।”