Genesis 38:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले सोधे, “के कुरा बन्धकी छोडूँ त?” त्यसले उत्तर दिई, “तपाईंको हातको छाप लगाउने औँठी, डोरी र टेक्ने लट्ठी छोडिदिनुहोस्।” उनले ती चीजहरू त्यसलाई दिएर त्योसित सुते। त्यो गर्भवती भई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाले भने, “म के बन्धकी राखूँ?” तिनले भनिन्, “तपाईंको छाप र त्यसको डोरी, र तपाईंको हातको यो लट्ठी राखे हुन्छ।” यसैले यहूदाले तिनलाई ती चीजहरू दिए, र तिनीसँग सहवास गरे। अनि उनीबाट तिनी गर्भवती भइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले भने, “म तिमीलाई के बन्धक दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप भएको औँठी, त्यसको डोरी र तपाईंको हातमा भएको त्यो लहुरो राखे हुन्छ।” यसकारण उनले ती कुराहरू तिनलाई दिए, र तिनीसित सुते; अनि उनीद्वारा तिनी गर्भवती भइन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदाले सोध्यो, “मैले भेडा नपठाउञ्जेलसम्म के बन्धक राख्न चाहन्छौ?” तामारले उत्तर दिई, “तिमीले आफ्नो चिट्ठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लट्ठी पनी देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्।