Genesis 38:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले आफ्ना मित्र हीरालाई पाठो पुर्याउन र त्यो स्त्रीदेखि बन्धकी राखेका चीजहरू फर्काइल्याउन पठाए। तर हीराले त्यस स्त्रीलाई भेट्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाले आफ्ना बन्धकीका चीजहरू ती स्त्रीबाट निखन्नलाई आफ्ना मित्र अदुल्लामवासीको हातमा एउटा पाठो पठाइदिए। तर उनले तिनलाई भेट्टाएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यस स्त्रीबाट आफ्नो बन्धक फिर्ता गराउनलाई यहूदाले आफ्नो अदुल्लामबासी हिराद्वारा एउटा कलिलो पाठो त्यस स्त्रीकहाँ पठाए, तर उनले तिनलाई भेट्टाउन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहूदाले वेश्यासित प्रतिज्ञा गरे अनुसार हीरालाई एउटा सानो बाख्रा दिएर एनैम पठाए। यहूदाले उसलाई आफ्नो मोहर र लट्ठी फर्काएर ल्याउनुँ भन्यो। तर हीराले तामारलाई भेट्न सकेन।